ब्लाष्टखबर । कार्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासकाे मत मागेका छन् ।

उनले आज बसकाेकाे प्रदेशसभाकाे बैठकमा  विश्वासका मत लिनका लागि प्रस्ताव पेश गरेका हुन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले  विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गर्दै मन्तव्य दिने क्रममा आफ्नो नेतृत्वको सरकारले प्रदेशको विकासका लागि इमान्दारिताका साथ काम गरेको बताएका छन् । 

उनले  नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रदेशसभामा संसदहरूलाई  विश्वासको  मत दिई सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।