ब्लाष्टखबर ।   नापी विभागले नापी कार्यलय नगई घरबाटै अनलाइन माध्यमबाट आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न  तथा राजश्व बुझाउने प्रणाली 'मेराे कित्ता' सञ्चालनमा ल्याएकाे छ । 

सुरूमा काठमाडौं उपत्यकाका कलंकी, डिल्लीबजार र भक्तपुरका जग्गाधनीले प्रयाग गर्न मिल्ने गरी संञ्चालनमा ल्याएकाे मेराे कित्ताकाे  बिहीबार नापी विभागले गरेको औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले  शुभारम्भ गरेका छन् ।

विभागका अनुसार आवश्यक जग्गाको नक्सा प्रिन्ट जग्गाधनीले घरैबाट गर्नसक्ने याे प्रणालीकाे राजधानीमा यसै आर्थिक वर्षभित्र र बाँकी जिल्लामा विस्तारै प्रयोगमा ल्याइने विभागका छ ।

नापी विभागको वेबसाइटमा गएर मेरो कित्तामा लगइन गरी आफुले चाहे अनुसार  जग्गाको विवारण हेरी आफैंले प्रिन्ट गर्न सकिने विभागले जानकारी दिएको छ । त्यसका लागी लगत मेरो कित्ता डटकमभित्र समावेश गरिएकाे छ ।