ब्लाष्टखबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गरूङविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ ।

 नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले  संयुक्त रूपमा प्रदेशसभा सचिवालयमा दर्ता गराएकाे उक्तअविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीकाे रूपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

गयराती नै प्रदशसभाकाे अधिवेशन अन्त भएपनी २८ जना सांसदकाे हस्ताक्षर रकाे उक्त  अविश्वासकाे प्रस्ताव दर्ता  गराइएकाे छ । 

६० जना सांसद रहेकाे गण्डकी प्रदेशकाे प्रदशसभामा  कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।  तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने बताइएकाे छ ।