प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म लकडाउन नगर्ने बताएका छन् । लकडाउन बारे गतल हल्ला चलाइएको प्रधानमन्त्री ओलीले बताए ।
सिंहदरबारबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गर्दै ओलीले परिस्थिति बिग्रिएमात्र लकडाउनसम्म पुग्न सकिने बताएको स्पष्ट पारे । प्रम ओलीले सजग रहन सबैलाई आग्रह गरे ।
प्रम ओलीले भने, ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजग हौं मात्र भनको हुँ ।’