१ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको साझा लक्ष्य प्राप्ति गर्न राजनितिक एवम् सामाजिक एकता, सद्भाव तथा सहकार्यलाई मजबुत बनाउनुपर्ने बताएका छन् । 

नयाँ वर्ष २०७८ को शुभकामना दिंदै  सभामुख भण्डारीले निरन्तर क्रियाशील रहन नयाँ वर्षले थप उर्जा प्रदान गर्नेे विश्वास व्यक्त गरे । बितेको वर्षको अनुभवबाट शिक्षा लिंदै शान्ति, सद्भाव र सहिष्णुता कायम गरी नेपाली बीचको एकतालाई अझ सुदृढ गर्नुपर्ने सभामुख भण्डारीले बताएका छन् । 

प्रदेशवासीमा नयाँ  वर्ष २०७८ को शुभकामना दिंदै सभामुख भण्डारीले आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्ने साझा अभियानमा थप जोश जाँगर, उत्साह, उमंगका साथ लाग्न सबैमा प्रेरणा मिलोस् भन्ने  कामना गरेका छन् । 

संघीयताको नौलो अभ्यास गरिरहँदा काम गर्ने क्रममा सिक्दै सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार पार्न उपलब्ध साधन स्रोतहरुको अधिकतम उपयोग गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सभामुख भण्डारीले उल्लेख गरेका छन् । 

मुलुकको आर्थिक समृद्धि एवम् राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तिका लागि दृढ अठोट तथा संकल्पसहित अगाडि बढनु पर्ने घडीमा अत्यन्त विषम परिस्थितिबाट गुज्रनु परेको सभामुख भण्डारीको भनाइ छ ।  नयाँ वर्षको अवसरमा विज्ञप्ति जारी गर्दै सभामुख भण्डारीले विश्व पुनः कोरोना महामारीको संक्रमणको दास्रो लहरले आक्रान्त बन्दै गरेको अवस्थामा सानो असावधानीले स्थीति भयावह बन्न सक्नेप्रति चिन्ता व्यक्त गरेका छन् । 

कठिन अवस्थामा उच्च मनोबलका साथ स्वास्थ्य सुरक्षाका सम्भव उपायहरुको गम्भिरतापूर्वक अवलम्बन गर्दै महामारीको रोकथाम तथा नियन्त्रका लागि एकजुट भई अगाडि बढ्न नयाँ वर्षले प्रेरणा प्रदान गर्ने कामना गरे । 

सभामुख भण्डारीले नयाँ वर्षको प्रारम्भसँगै नवीन योजना र सकारात्मक सोचका साथका नेपालीबीच सदियौंदेखि रहँदै आएको एकता, भातृत्व, सद्भाव अझ कसिलो बनाउँदै राष्ट्रिय अखण्डता, राष्ट्रियता तथा राष्ट्रको विकास र समृद्धिको पक्षमा साझा लक्ष्यका साथ अगाडि बढ्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरे । सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, प्रगति, सुस्वाथ्य, आर्थिक समृद्धि र विकासको मंगलमय शुभकामना व्यक्त गरेका छन् । 

pradip_bhandari_speaker