पथरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले)कानेपोखरी गाउँकमिटि र ७ वटै वडाकमिटिका पदाधिकारी र सदस्यहरुले सपथग्रहण लिएका छन ।

शुक्रबार रमाइलो साकोसको प्राङ्गणमा भएको कार्यक्रममा पार्टीका जिल्ला कमिटि अध्यक्ष ऋषिकेश पोख्रेलले सपथग्रहण खुवाएकाथिए । दानबहादुर बस्नेतको संयोजकत्वमा १६७ सदस्यीय गाउँ कमिटि विस्तार भएको छ ।

त्यसैगरी सह–संयोजक सुशिल बुढाथोकी, सचिवमा चरण गुरुङ,सह–सचिवमा भिम बस्नेत चयन भएका छन् । त्यसैगरी ७ वटै वडामा कमिटि विस्तार भएको छ । प्रत्येक वडामा ८५ जना सदस्य रहने गरी वडाकमिटि विस्तार गरेको हो ।

वडा नं. १ मा चन्द्र मगरअध्यक्ष, अर्जुन कार्की सचिव, वडा नं.–२ कोअध्यक्षमा पर्शुराम खतिवडा र सचिवमा कमल रिजाल, वडा नं.–३ को अध्यक्षमा गोपाल कार्की, सचिवमा खिना दाहाल, त्यसै गरी वडा नं.–४ को अध्यक्षमा दिनेश लिम्बु, सचिवमा इश्वरी बस्नेत, वडा नं.–५ को अध्यक्षमा युवराज लुइँटेल र सचिवमा रामकुमार श्रेष्ठ, वडा नं.–६ कोअध्यक्षमा कुमार फुयाल र सचिवमा चन्द्र मगर, वडा नं. –७कोअध्यक्षमा हरि न्यौपाने र सचिवमा रुद्र राई चयन भएका छन् ।

त्यसैगरी युवा संघ कानेपोखरी गाउँ कमिटिको संयोजकमा असोक फुयाल चयन भएको छ । ७ वटै वडाबाट १सय९७ सदस्य चयन गरी गाउँ कमिटि विस्तार गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृती, पर्यटन तथानागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, पार्टी प्रदेश कमिटि सदस्य, रामकुमार बस्नेत, भूमी समस्या समाधानआयोग जिल्लाअध्यक्ष डिपि राई, पार्टी जिल्ला सल्लाकार संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले लगाएतले र युवा संघ नेपाल केन्द्रिय उप महासचिव विजयी डाँगी लगाएतले शुभकामना मन्तव्य दिएका थिए । 

कार्यक्रममा पार्टी जिल्ला सचिवलाय सदस्य तथा गाउँ पालिका उपाध्यक्ष राजमती इङ्नामले स्वागत मन्तव्य दिएका थिए । युवा संघ नेपाल केन्द्रिय सचिवलाय सदस्य तथा जिल्लाअध्यक्ष नवीन पौडेलपनि अतिथि रहेका थिए ।कार्यक्रम जिल्ला कमिटि सदस्य तथा गाउँ कमिटी अध्यक्ष भोलाअधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालन भूपाल श्रेष्ठले गरेका थिए ।