ब्लाष्टखबर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा  माओवादी केन्द्रका नेता बिच बैठक शुरू भएको छ । 

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्ता समीकरणमा अग्रसरता लिने निर्णय गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक देउवा निवास बूढानीलकण्ठमा शुरू भएको हो ।

नयाँ सत्ता समीकरणका विषयमा ठोस् निर्णय गर्न बसेको उक्त बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका छन्।

माओवादी केन्द्रले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवालाई आग्रह गरिरहेका बेला आफू सत्ताको खेलामा नरहेको बताएका छन् ।