ब्लाष्टखबर । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री  रामबहादुर थापा ‘बादल’लाई  माओवादी केन्द्रले कारवाही गरेको छ । 


माओवादी केन्द्रको  तर्फबाट राष्ट्रियसभा सदस्य रहेका बादलले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका छन् । यो संगै अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुने भएको छ ।


यस अघि माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका मन्त्रीहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई समेत कारबाही गरिसकेको थियो । कारबाहीमा परेका उनिहरूको संसद पद खारेजी भएसंगै उनिहरूलाइ  पुनर्नियुक्ति गरीएको छ । 


त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिएका छन्।