काठमाडौं । ओली नेतृत्वको नेकपा एमालेमा गएको भन्दै नेकपा माओवादी केन्द्रले पदमुक्त गरेका ४ मन्त्रीको पुनर्नियुक्ति आजै हुने भएको छ । पुनर्नियुक्ति पछि सपथ पनि आजै साँझ शीतल निवासमा हुने भएको हो ।

प्रतिनिधिसभाको सदस्य नभए पनि त्यस्तो ब्यक्ति ६ महिनासम्म मन्त्री पदमा रहन पाउने संवैधानिक प्रावधान अनुसार पुनर्नियुक्ति गर्न लागिएको समाचार स्रोतले उल्लेख गरेको छ ।

‘पदमुक्त भएपछि ती निर्वाचन क्षेत्रमा ६ महिनाभित्र उपनिर्वाचन गर्नु पर्ने भएको उहाँहरु ६ महिनासम्म पदमा बस्न पाउनु हुन्छ । र उपनिर्वाचनमा उहाँहरु नै नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार भई चुनावमा उठ्ने सम्भावना हुनसक्छ ’ स्रोत उल्लेख गर्छ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी उक्त ६ महिनाको अवधिसम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ ।