ब्लाष्टखबर । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङको  प्रदेश सभा सदस्य पदखारेज भएको छ।

नेकपा माओवादी केन्द्रबाट ताप्लेजुङ को १' ख' निर्वाचन क्षेत्रबाट निर्वाचित भएका आङ्बोहाङलाइ प्रदेशसभा सदस्यबाट हटाउन माओवादी केन्द्रले  प्रदेश सभा सचिवालयमा  निवेदन दिएसंगै बिहीबारको प्रदेश सभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले उक्त पत्र  प्रदेश सभामा पढेर सुनाएसँगै उनको पद खारेज भएको हो।