ब्लाष्टखबर। भारतमा काेराेना महामारीकाे दास्राेलहर चलेसंगै बुधबार  २८ घण्टामा १ लाख १५ हजार भन्दान बढि नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक लाख १५ हजार ७३६ नयाँ संक्रमित थपिएका हुन् । याे संख्या भारतमा २४ घण्टामा फेलापरेका संक्रमितहरूकाे हाल सम्मकै सबैभन्दा ठूलाे संख्या हाे । 

यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या एक करोड २८ लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा ६३० संक्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म एक लाख ६६ हजार १७७ संक्रमितको मृत्यु पनि भइसकेको छ ।