ब्लाष्टखबर  ।  कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा एमालेबाट सहभागी भएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकले  राजीनामा दिने निर्णय निर्णय गरेसंगै साेमबार नै राजीनामा दिने तैयारी भएकाे भएपनि मन्त्रीहरूले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

गत चैत ४ गते एमालेले  कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र   राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।

३९ सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । २० जना संसद रहेकाे एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।