नेकपा एमालेको खनाल– नेपाल समूहले आज (शनिबार) ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परे लगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो ।
एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’ लाई कार्यकर्ता माझ लैजाने भएको छ ।
हिजो बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो ।
राजनीतिक प्रतिवेदनले आजको छलफलपछि अन्तिम रुप पाउने र त्यसपछि देशभर लैजाने निर्णय भएको नेताहरुले जानकारी दिएका छन् ।
समूहले समानान्तर कमिटी विस्तारको कामलाई तीव्रता दिइरहेको छ । केन्द्रमा समेत छिट्टै नयाँ समानान्तर कमिटी बनाउने माधव नेपालले घोषणा गरिसकेका छन् ।
एमाले अध्यक्ष ओलीले नेताहरु माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । सोधिएको स्पष्टीकरणमा जवाफ चित्तबुझ्दो नआएको भन्दै पार्टी अध्यक्ष ओलीले चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । नेपाल–खनाल समूहले ओलीको कारवाही दूराशयपूर्ण भएको बताउँदै आएको छ ।