धरान। नेकपा (एमाले)बाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको पालामा सुरु भएको सामाजिक सुरक्षाभत्ता ओली सरकारले साउन १ गतेदेखि वृद्धि गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गर्ने बताएका हुन् । काठमाडौंको रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेबाट वृद्धि गर्ने बताए । उनले भने, ‘कसैलाई आपत्ति लाग्ला । साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’

उनले सरकारले समाजिक सुरक्षा भत्ता बढाउँदा केही मानिसहरूलाई छट्पटी हुने भन्दै व्यङ्ग्य गरे ।  उनले त्यसक्रममा हुलाकी राजमार्गलगायतका राजमार्ग निर्माणको काम पनि भइरहेको दाबी गरे ।