धरानको निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को गल्फ कोर्षमा कुल ४ अण्डर २ सय ६ स्कोर गर्दै शुक्रबहादुर राईले प्रथम धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । 

प्रोफेस्नल प्रतियोगितामा शुक्रको यो पहिलो उपाधि हो । उपाधिसँगै शुक्रले ट्रफी र नगद ९० हजार हात पारे । पहिलो दिन लेभल पार ७० स्कोर गरेका उनले दोस्रो दिन ३ अण्डर ६७ स्कोर गरे । शुक्रबार १ अण्डर ६९ स्कोर गरे । 

Dharan-Open_Gulf-Champion

प्रतियोगितामा समान कुल ३ ओभर २ सय १३ स्कोरका साथ भुवन नगरकोटी, बलभद्र राई (मणी) र कृष्णमान राजबाहक दोस्रो भए । उनीहरुले जनही नगद ४३ हजार ६ सय ६६ रुपैया बाँडे । धरानका नीरज तामाङ र रामे मगर समान कुल ४ ओभर २ सय १४ स्कोरका साथ संयुक्तरुपमा पाँचौं भए । दुवैले जनही २८ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

५ ओभर २ सय १५ स्कोरका साथ दीपक आचार्य सातौं हुँदै नगद २५ हजार पाए । प्रतियोगितामा २१ औं स्थानसम्म रहेका प्रोफेस्नल खेलाडीले पुरस्कार पाएका थिए ।

Dharan-Open_Gulf-Champion1 1

प्रतियोगितामा एमेच्योरतर्फ ९ ओभर २ सय १९ स्कोरका साथ धरानका युवराज भुजेल च्याम्पियन भए । उनले पहिलो दिन २ ओभर ७२, दोस्रो दिन १ ओभर ७१ स्कोर गरेका थिए भने तेस्रो दिन शुक्रबार ६ ओभर ७६ स्कोर खेले ।

१४ ओभर २ सय २४ स्कोर गरेका रितेश तामाङ एमेच्योरतर्फ उपविजेता भए । 

विजेताले धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारीका हातबाट पुरस्कार पाए । धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बू र उपाध्यक्ष सन्तोष कार्कीले समेत पुरस्कार प्रदान गरे । 

प्रतियोगितामा शनिबार प्रो–एम स्पर्धा हुनेछ ।

Dharan-Open_Gulf-Champion2