प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङ अर्थमन्त्री बनेका छन् । उषाकला राई सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छन् ।

हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम बहादुर मगर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा उद्योग, पर्यटन,  वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीहरुलाई सपथ गराएका छन् । भने मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

Mantri-Namawali

Mantri_Sapatha1

Mantri_Sapatha3

Rajkumar_Ojha