प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरुले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटार भइरहेको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र जसपाका मागका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका छन् । 

दुई पार्टीबीच निरन्तर छलफल भइरहेको र सहमतितर्फ उन्मुख रहेको दुवै तर्फका नेताहरुले जानकारी दिएका छन् । 

सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो । सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाइरहेका छन् । दुवै पक्ष सहमतिको नजिक रहेको बताइएको छ ।