नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र ब्युँताउने फागुन २३ को अदालतको फैसलाको पुनरावलोकन गरी नेकपा नै फर्काउन माग गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रीय कमिटी बैठकले पनि पुनरावलोकनमा जाने यसअघि नै निर्णय गरिसकेको छ ।
मंगलबार बिहान शीर्ष नेतृत्वले पुनरावलोकनमा जाने विषयमा कानून व्यवसायीहरूसँग छलफल गरेको थियो । कानून व्यवसायीहरूले सुझाव अनुसार चाँडै पुनरावलोकनमा जाने प्रमुख सचेतक देव गुरुङले बताए ।