आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि चौथो पटक बैठक बस्न लागेको हो । 

२३ फागुनमा पहिलो पटक बैठक बोलाइएको थियो । 

त्यसपछि २६ गते र चैत्र ३ गते बैठक बसेको थियो । आज चौथो पटक बैठक बस्न लागेको हो । आजको बैठकमा बोल्नका एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा लगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसद छन् । 

फाइल तस्बिर