विराटनगर। नेपाली काङ्ग्रेसका नेता एंव पुुर्व राष्ट्रसभा सदस्य अशोक कोइरालाको निधन भएको छ ।

विराटनगर–८ घर भएका ७८ वर्षिया कोइरालाको बिहीबार बिहान १ बजे विराटनगर स्थित न्युुरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

छातीमा भएको निमोनियाका कारण विरामी भएका  कोइराला बुधबार अस्पतालमा भर्ना भएका थिए । कोइराला राष्ट्रिसभाका उपाध्यक्ष समेत  भएर काम गरेका छन् ।

पिता वोधप्रसाद कोइराला र माता कुुमुुदीनी  कोइरालाको कोखवाट  वि.स. २००० साल वैसाखमा उनको जन्म  भएको थियो । कोइराला २०४९ सालमा तत्कालिन विराटनगर नगरपालिकाको मेयर पनि हुन् ।

उनले नेपाली काङ्ग्रेस  मोरङको तीन पटक जिल्ला सभापति भएर काम गरेका छन् । उनी दुुइपटक राष्ट्रिय सभा सदस्य पनि हुन् ।

पूर्व प्रधानमन्त्री स्वर्गीय सुुशिल कोइरालाको भाई हुन् । कोइरालाको श्रीमती र एक छोरा र एक छोरी छन् ।

कोइरालाको पार्थीव शरिरलाई उनको निवासवाट शवयात्रा सहित आज दिउँसो १ बजे नेपाली काङ्ग्रेस  मोरङको पार्टी कार्यालयमा राखिने र त्यसपछि स्थानिय सिंगियाघाटको विश्रान्ती घाटमा दाह सस्कार गरिने नेपाली काङ्ग्रेस  मोरङका सभापती डिकबहादुुर लिम्वुुले बताए ।

श्रद्धान्जली दिन काङ्ग्रेस पार्टी सभापती शेरबहादुुर देउवा, महामन्त्री डा.संशाक कोइराला तथा काङ्ग्रेसका शिर्ष नेताहरू विराटनगर आउने कार्यक्रम रहेको सभापती लिम्वुुले जानकारी दिए ।