नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिन शीतल निवास पुगेका छन् ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सर्वदलीय बैठकमा भाग लिन प्रचण्डसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ शीतल निवास पुगेको जानकारी दिए ।
आजको सर्वदलीय बैठकमा नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह भने नजाने भएको छ ।
नेपाल समूहका नेता विष्णु रिजालले भोलिको राष्ट्रिय भेला तयारीमा जुट्नु पर्ने भएकाले शीतल निवास नजाने निर्णय भएको बताए ।