मोरङको मिक्लाजुङ गाउँपालिकमा बिहीबारबाट सुरु प्रथम अध्यक्ष कप रनिङ शिल्ड वडा स्तरीय फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं. ८ लाई ५–० को अन्तरले  हराउँदै वडा नं. वडा नं. ४ विजयी भएको छ ।

आइतबारको खेलमा वडा नं. ४ ले वडा नं. ८ लाई एकहोरो दवाबमा राख्दै ५–० को फराकीलो अन्तरले वडा नं. ४ ले जित हात पा¥यो । वडा नं. ४ का लागि मौसम राई एक्लैले २ गोल गरे भने मिलन देवान, अनिल तामाङ र विमल तामाङले १–१ गोल गरेका थिए । 

Adhyaksha_Cup_wada_4

खेलमा वडा नं. ८ ले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन । आइतबारको खेलमा म्यान अफ द म्याच वडा नं. ४ का मौसम राई घोषित भए । सोमबारको खेल वडा नं. १ र वडा नं. २ बीच  मध्याह्न ३ बजेबाट सुुरु हुने खेलकुद व्यवस्थापन समितिका सचिव इन्द्र श्रेष्ठले बताए । 

यस्तै शनिबारको खेलमा वडा नं. ३ र वडा नं. ९ बीचको खेलमा वडा नं. ९ लाई ३–० को अन्तरले हराउँदै वडा नं. ३ विजयी भएको छ ।