ब्लाष्टखबर । अमेरिकाको सान फ्रान्सिस्कोमा उबर ड्राइवरमाथी दुर्वावहार गर्ने महिला पक्राउ परेका छन् । ललितपुर घर भएकाे उबर ड्राइवर शुभाकर खड्का गत आइतबार हातपात तीन महिलाले दुर्व्यावहार गरेका थिए ।
उनिहरू मध्ये २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरेकाे सान फ्रान्सिस्को प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार अन्य २ जना काे खाेजी कार्य भइरहेकाे र उनिहरूले आफू अधिकारीसामू उपस्थित हुने सन्देश वकिलमार्फत् पठाएका छन् ।
आठ वर्षअघि अमेरिका बस्दै अाएका खड्काले चलाएकाे कारमा ती महिलाहरू चढेका थिए । ती मध्ये एक जनाले माक्स नलाएपछि खड्काले मास्क लगाउन भनेका थिए । उबरको मापदण्डअनुसार हरेक यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ।
त्यसकारण पनि माक्स लगाउन जाेठ दिदै मास्क किन्न उनले एउटा ग्यास स्टेशनमा गाडी रोके पछि ती महिला यात्रुले भने मास्क लगाउन अस्वीकार गर्दै खड्कामाथि हातपात गरेकी थिइन्।
उनले खड्काको फोनमा खोसेकी थिइन् भने मास्क पनि निकालिदिएकी थिइन्। ती महिलाले उनको अनुहारमा बेलाबेलामा खोकेको पनि भिडिओमा देखिन्छ।
































