नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिलेको राजनीतिक संकट मोचनको दायित्व कांग्रेसको काँधमा आएको बताएका छन् ।
प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले केपी ओली नेतृत्वको सरकारले अहिले सम्मका राजनीतिक उपलब्धि समाप्त पार्ने नियत राखेको बताए ।