नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेस अहिले पनि अलमलमा रहेको बताए । 

दर्शक दीर्घामा बसेर कांग्रेसले गोल हान्न खोजेको भन्दै मैदानमा उत्रिन नसक्नु कमजोरी भएको नेता गुरुङले भनाइ थियो । 

प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले कांग्रेस अब मैदानमा उत्रनु पर्ने बताए । 

पत्रकार सम्मेलन प्रेस युनियान झापाकी अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न भएको थियो ।