सत्तारुढ नेकपा एमालेले सत्ता साझेदारीका लागि पहल सुरु गरेको छ ।

एमालेले उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । 

एमालेले वार्ता टोली गठन गरे लगत्तै जनता समाजवादी पार्टी (जसपा) ले समेत नयाँ सरकार निर्माणलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न दुई सदस्यीय समिति गठन गरेको छ । 

जसपाको वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । 

प्रतिनिधि सभामा बहुमतका लागि १७ सिट अपुग रहेको संसदको सबैभन्दा ठूलो दल एमालेले अन्य दलसँग वार्ताका लागि प्रयास सुरु गरेको हो । 

संसदमा एमालेको १२१ र जसपाको ३४ सिट छ । प्रतिनिधि सभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्दछ ।