सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र कानूनी रुपमा एकता नभइसकेको फैसला सुनाएपछि उत्साहित नेकपा ओली पक्षले नेकपा एमालेको पार्टी कार्यालय स्थापना गरेका छन् । 

सर्वाेच्चको फैसलापछिसोमबार विराटनगर–११ स्थित पाञ्चालीमा रहेको मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।

संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्यालय मोरङ लेखिएको बोर्ड राखिएको हो । 

पार्टी एकताअघि कार्यालय नेकपा एमालेकै रहेको थियो ।