श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन २४ गते सोमबार, ८ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको दशमी तिथि १६ः०७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वषाढा २१ः०० बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः२० र सूर्यास्त ६ः०८ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज रत्न तथा धातुको कारोबार फसट्याउनेछ । मनमा आनन्दको अनुभुति हुनेछ दिगो फाइदा हुनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनुकुल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । पतिपत्नीवीच घरसल्लाह भने नमिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रियजनसंग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लोकाचारका लागि दिन अलि खर्चिला बन्न सक्छ । मिहिनेत गर्दा महत्वकांक्षी काम सम्पादन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिश्रमका तुलनामा प्रतिफल कम मात्र हुनेछ । खर्च विवाद बढ्ने रहेकाले महत्वकांक्षी अघि नबढ्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई केही सहज बनाउन भने सकिनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्ने छ । आफुले आँटेका ताकेका कामहरु पुराहुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ हुनेछ । पेटसम्बन्धी समस्याले निकै सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वाणिको कारणले बन्नलागेको काम विग्रन सक्छ । त्यसैले वाणिलाई संयमता अपनाएर अगाडि बढ्नु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारीक समस्याका कारण मानसिक चिन्ता बढ्न सक्छ । वैदेशिक यात्राको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अध्ययन अध्यापनमा प्रगति हुनेछ । सेयरमा लगानि गर्दा प्रसस्त लाभ रहनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सरकारी क्षेत्रबाट सफलता मिल्नेछ । अकश्मात धनको योग बनेको छ । मन प्रफुल्लीत रहनेछ ।