आजको राशिफल श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल फागुन २२ गते शनिबार, ६ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको अष्टमी तिथि १८ः२९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र ज्येष्ठा २१ः५४ बजेसम्म, उप्रान्त मुल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः२२ र सूर्यास्त ६ः०७ मा हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

समय राम्रो छ। तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ । लामो दूरीको यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दूध तथा कृषिसम्बन्धी व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । मिष्ठान्न भोजनको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सवारी साधन किन्ने योग छ । पढाइमा भन्दा मनोरञ्जनमा मन जानेछ । दिन सामान्य छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लामो दूरीको यात्रा हुनेछ । पारिवारिक मेलमिलापले घरमा खुसियाली छाउनेछ । मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सोचेअनुरूप काम बन्ने योग रहेको छ । दिन उत्तम देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामको थालनीले व्यापार–व्यवसायमा राम्रो हुनेछ । खेलकुदमा रुचि बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कस्मेटिक व्यापार–व्यवसायबाट लाभ रहला । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरूप काम बन्नाले मन प्रफुल्लित रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

होटल, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्ला । प्रेमसम्बन्ध सफल रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

घर निर्माणसम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । यात्रा रहला । पढाइमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्ने