ब्लाष्टखबर ।  सरकार र विप्लवका प्रतिनिधि बिच तीन चरणमा भएकाे वार्ता सफल भएपछि  दुई वर्षदेखि भूमिगत रहेका  नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं गएका छन्। 

शुक्रबार  नवलपुरबाट निजीनम्बर प्लेटको गाडीमा सवार  विप्लव १२ बजे काठमाडाै पुगेकाे हानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ । 

दिउँसो दुई बजे  प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई  सम्बोधन गर्ने छन् । उनहनिहरूले साेहि समाराेहमा विस्तृत सम्झौतामा हस्ताक्षर गर्ने बताइएकाे छ  । उक्त कार्यक्रमका लागी बिहानै हिडेका विप्लवलाइ प्रहरीले स्कर्टिङ गरी काठमाडौं पुर्याएकाे हाे । 

काडमाडाैं पुगेका विप्लव  सभागृह पुग्नु भन्दा अघि केहिबेर बीचमा आराम गर्ने कार्यक्रम रहेकाे भएपनि  आराम गर्ने स्थान भने, गाेप्य राखिएकाे छ ।