प्रदेश १ सरकारले संसद छलेर सरकारको आयु बढाइरहेको नेपाली कांग्रेस १ नं. प्रदेश संसदीय दलले आरोप लगाएको छ । कांग्रेस संसदीय दलले सभामुखको भूमिकाप्रति  आशंका गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारलाई अविश्वासको प्रस्तावबाट नभाग्न आग्रह गरे । सचेतक कार्कीले सभामुखको भूमिकाप्रति पनि आशंका गर्दै भने, कहिले मन्त्री सदनबाट भाग्नुहुन्छ ? कहिले सूचना टाँसेर आयु बढाइरहनु भएको छ, सदन भनेको जनताको थलो हो ।’

सचेतक कार्कीले संसदलाई कसैको सेटिङमा बन्धक बनाउन नहुने बताए । 

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल भएपछि बस्न लागेको प्रदेश सभा बैठक हिजो सूचना टाँस गरी चैत २ गतेसम्मलाई सारिएको छ । 

९ फागुनमा प्रदेश सभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल अघि बढाउने तयारी थियो ।