ब्लाष्टखबर । बिहिबार तेस्राे चरणकाे बार्तामा  सरकार र विप्लव समूहबीच ३ बुँदे सहमती भएकाे छ । समहमती संगै   विप्लव समूहले हिसां छाेड्ने भएकाे छ । बुधबार भएकाे २ पटकाे बार्तामा वार्तामा प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक भएकाे थियाे । 

सहमती भएसंगै  पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ ।नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य भट्टराईले जानकारी दिए ।

आज भएकाे वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख  भएकाे प्रेस नोटमा  संयुक्त हस्ताक्षर गरेको  सार्वजनिक गरेका छन् ।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने गरी  राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरीने भएकाे छ । फागुन २१ गते दिउँसो २ बजे हुने उक्त विशेष  समाराेहलाइ समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् ।