सरकारले नेत्रविक्रम चन्द, विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई सदस्य छन् । 

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको बताइएको छ ।