प्रेस संगठन सुनसरीको पहिलो पूर्ण बैठकले नगर ईञ्चार्ज, संयोजक र सहसंयोजक तोकेको छ ।
नेकपा केपी ओली पक्षधर संगठनको पहिलो बैठकबाट धरान इञ्चार्जमा दामोदर गुरागाई, सहइन्चार्जमा रोशन दाहाल, बराहक्षेत्र नगर ईञ्चार्जमा विजयकुमार राई, सहईञ्चार्जमा कृष्ण भट्टराई (बहाव), र इटहरी उपमहानगरपालिकाको ईञ्चार्जमा शुभद्रा प्याकुरेललाई चयन गरेको छ ।
बैठकले धरान संयोजकमा केदार बस्नेत, सहसंयोजकमा वसन्त राई, इटहरी संयोजकमा त्रिलोचन पौडेल, सहसंयोजक रेवती निरौला, वराहक्षेत्र संयोजकमा विमला घिमिरे र सहसंयोजकमा प्रदीप जस्मैत चौधरीलाई जिम्मेवारी दिएको छ ।
गठित नगर कमिटीले कमिटी पुनर्गठन र विस्तार गर्ने जिल्ला सहसंयोजक दिनेश गजमेरले जानकारी दिए ।
भेलामा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ ईञ्चार्ज लीलाराज भट्टराई, केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।