हाम्रो शरीरले प्राय सबै प्रकारका रोगहरूको संकेत दिने गर्दछ ।  तर मानिसहरूले शरिरले दिने त्यस्ता संकेत प्रति खासै ध्यान दिएको पाइदैन । 

 तपाईले यसरी शरीरले दिने संकेतको पहिचान गरी सचेत हुन सक्नु भयो भने भविश्यमा आइपर्ने ठूलो रोगबाट वच्च सक्नुहुने छ । डाक्टरहरुका अनुसार शरीरले दिने त्यस्ता संकेतबाट मानिसले आफ्नो स्वास्थको अवस्थाकमो बारेका आफैले पनि अन्दज लगाउन सकिन्छ र भविश्यमा आइपर्ने समस्याहरुबाट अगाडीनै सचेत हुन सकिन्छ । 

 युरिन:  ट्वाइलेट जाँदा तपाईंले कहिले यूरिन अर्थात पिसावको रंग देख्नुभयो ? पिसाब रंगले तपाईंलाई स्वास्थ्यको बारेमा पनि बताउन सक्छ। डाक्टरहरू भन्छन कि सामान्यतया पिसावको रंग केहि हल्का पहेलो हुनु पर्दछ । यसकासाथै पिसावमा दुर्गध पनि हुनु हुँदै । त्यसो नभए तपाईको स्वास्थमा केहि खराबी हुनसक्ने संकेत गदर्छ । 

नङ : तपाईको हात र खुट्टाका औलाहरुमा भएका नङले पनि तपाईको स्वास्थ अवस्थाका बारोमा तपाईलाई जानकारी गराईरहेको हुन्छ । नङहरुमा अस्वाभाविक धर्सा देखापर्नु अथवा नङको रङमा परिर्वतन आउनुले तपाईको स्वास्थमा समस्या भएको सुचित गर्दछ । 

कम उचाईः मानिसहरुको उचाइ नवढने समस्या भएकोत हामीले सुनेकै छौ तर उचाई घट्ने समस्या पनि हुन्छ भन्दा अनैठो पक्कै होला । धेरैमानिसमा यसको बारेमा जानकारी नहुनपनि सक्छ  तर यो हाम्रो शरिरमा भएका हाडसंग सम्बन्धित समस्या हो । थारैमात्र मानिसहरुमा प्रोटिन र क्लसियमको कमिले उचाई घटने समस्या देखा पर्दछ । 

मुखबाट आउने दुर्घगन्धः गिजामा हुने दुखाईका कारण पनि मुखमबाट दुर्घगन्ध आउने गर्दछ । तर मुखबाट आउने दुर्घगन्धको सम्बन्ध हाम्रो शरिरको इम्युनिटि प्रणलीमा पनि हुन्छ भन्ने कतिलाई थाहा नहुनपनि सक्दछ । मुखबाट दुर्घगन्ध नआउनु भनेको हाम्रो सरिरमा रहेको इम्युनीटी प्रणली एकदम तन्दुरुस्त हुनुको संकेत हो । 

पैतालामा दुखाई : पौतालामा हुने दुखाईले  थायराँयड, मृगौला तथा मुटुसंग सम्वन्धित समस्याहरुकाबारेमा जानकारी दिने गर्दछ । 

ओठ सुक्खा हुनु : डाक्डरहरुका अनुसार ओठ सुख्खा हुनु वा ओठ फट्नुले शरिरमा भिटामीनको कमि भएको जनाउँदछ । 

एजेन्सी