ब्लाष्टखबर ।  प्रधानमन्त्री केपी शर्मा ओली झापा आएका छन् । 

यति एयरलायन्सको पहिलाे उडानबाट भद्रपुर विमान स्थलमा अवतरण गरेका उनलाइ प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतालगायतले स्वागत गरेका थिए ।

चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न  झापा आएका प्रधानमन्त्री ओलीले  कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्ने,  दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन  इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ वटा पुलको एकैचोटी शिलान्यास कार्यक्रम रहकाे प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार   प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।