धरान १५ पुष्पलाल मार्गमा गत फागुन ९ गतेदेखि जारी क्या. भीम ब्याडमिण्टन स्पोर्टस लिगको उपाधि टिम ‘योगेन राई र रामचन्द्र राई’ले हात पारेका छन् ।
टिम विकास श्रेष्ठ र एलबी लिम्बूलाई फाइनलमा २१–८ र २५–२३ को सेटमा हराउँदै टिम राईले उपाधि जितेको हो । जितसँगै ट्रफी, १२ सटल र २ थान जर्सी प्राप्त गरेका छन् । ट्रफी तथा सटल क्याप्टेन भीमबहादुर लिम्बूले हस्तान्तरण गरे ।
उपविजेता टिम विकास श्रेष्ठ र एलबी लिम्बूले ६ सटल प्राप्त गरे । उपविजेतालाई सटल जनक बस्नेत र ललित लिम्बूले हस्तान्तरण गरे ।प्रतियोगितामा टिम जनक बस्नेत र राजु रनपाली सान्त्वना बने ।
प्रतियोगितामा १८ टिमको सहभागिता थियो । ‘ए’ र ‘बी’ पोलमा विभक्त ९/९ टिमको स्पर्धा रहेको थियो ।
प्रतियोगितालाई क्या. भीमबहादर लिम्बू (मामा), जनक बस्नेत, ललित लिम्बू, योगेन राई तथा तेजबहादुर लिम्बूले सहयोग गरेका थिए ।
कोरोनाको महामारीका कारण बाह्य गतिविधि नभएका बेला शरीरको आत्मबल बढाउन ब्याडमिण्टन खेलका लागि क्या. भीमबहादुर लिम्बूको प्लटमा कोर्ट निर्माण गरिएको थियो ।
कोर्ट निमार्णको लागत सबै खेलाडीले सहयोग पुर्याएका छन् । आगामी दिनमा आयोजना हुने दोस्रो प्रतियोगितामा क्या. ललित लिम्बूले सम्पूर्ण खेलाडीलाई एक/एक थान जर्सी प्रदान गर्ने तथा जेबी स्टिल इण्डस्ट्रिज प्रालिका प्रोप्राइटर जनक बस्नेतले ४ वटा नेटपोस्ट दिएर सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रतियोगिता सफल बनाउन योगेन राई र तेजबहादुर लिम्बूले महत्वपूर्ण भूमिका निर्वाह गरेको क्याप्टेन भीमबहादुर लिम्बूले बताए । प्रतियोगिता सुरु गरेकै दिन ‘क्याप्टेन भीम ब्याडमिण्टन स्पोर्ट क्लब’ समेत स्थापना भएको छ ।
प्रतियोगितामा क्या. भीमबहादुर लिम्बू, क्या. ललित लिम्बू, पत्रकार किशोरकुमार कार्की, गंगाबहादुर राई, देवेन्द्र कार्की, तीर्थ माझी, योगेन राई, एलबी लिम्बू, जनक बस्नेत, संजय शर्मा, विकाश श्रेष्ठ, रामचन्द्र राई, राजु थापा, राजु रनपाली, तारामान राई, तेजबहादुर लिम्बू, सुमन श्रेष्ठ, विनेश राईलगायतको सहभागिता थियो ।

































