इटहरी/ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा काङ्ग्रेस नेताहरूको चहलपहल सुरु भएको छ ।

जिल्लाहरूमा अगुवा कार्यकर्ता भेट्ने तथा आफ्नो पक्षका नेता भेट्न दौडधुप सुरु भएको छ तर पार्टीका अगुवा कार्यकर्ताहरूले भने पार्टीभित्रको चरम गुटबन्दी अन्त्य हुनुपर्ने बताएका छन् । सुनसरीको इटहरी काङ्ग्रेसले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा आएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगुवा कार्यकर्ताले ¥याख¥याख्ती पारेका थिए ।

पार्टीमा गुटबन्दी, नातावाद र चाकडीवाद हाबी भएको भन्दै अगुवा कार्यकर्ताहरू रुष्ट बनेका छन् । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सभापति बद्री चौधरीले गुटबन्दीले पार्टी सखाप भएको बताए । ‘रामचन्द्र काङ्ग्रेस र शेरबहादुर काङ्ग्रेस भएर चुनाव जितिन्छ रु’ चौधरीको प्रश्न थियो । केन्द्रीय नेताहरूकै कारण तल्लो तहसम्म गुटको समस्या भएको उनी बताउँछन् । इटहरीका अगुवा नेता केशब सिटौलाले पार्टीलाई एकढिक्का बनाउनुको विकल्प नभएको बताए ।

रामचन्द्र पौडेललाई प्रश्न गर्दै भने, ‘शेरबहादुर र तपाईंले यसरी पार्टीलाई गुटैगुटले घेर्न पाइन्छ रु’ भन्दै उत्तर खोजेका थिए । त्यस्तै अर्को अगुवा कार्यकर्ता तारा आचार्यले पार्टीभन्दा व्यक्ति बलियो हुन खोजेको भन्दै आफ्नै नेताको खुलेर विरोध गरे ।

पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत रहेका सुवोध घिमिरे बताउँछन् । पार्टी एक ढिक्का नहुँदा राजनीति गर्न समस्या भइरहेको उनको भनाइ थियो । अहिले काङ्ग्रेसले जिल्ला जिल्लामा के को लागि विरोधसभा गर्दै छ रु उनले नेतृत्व माथि नै प्रश्न गरे । इटहरीका अग्रज नेता राजन अधिकारी पनि पार्टी नेतृत्वप्रति खुसी छैनन् ।

‘नेताहरूले नेतृत्व आफै शक्ति भएको महसुस गरिरहेका छन् तर यो कदापि हुन सक्दैन, उनले भने, ‘पार्टी एक ढिक्का भएर अगाडि बढे देशभरि काङ्ग्रेसले आगामी चुनाव जित्छ ।’ सरकारमा रहँदासमेत काङ्ग्रेसले सशक्त काम गर्न नसकेको उनको आरोप छ । पार्टी गुटबन्दी, नातावाद र चाकडीवादमा फँसेर जनतामाझ पुग्न नसकेको उनको निष्कर्ष छ ।

मजदुर नेता हरि थापाले काङ्ग्रेसका केन्द्रीय नेताहरू पनि झगडा गरिरहदा समस्या भइरहेको बताए । काङ्ग्रेस बचाउनेभन्दा पनि आफू बन्ने राजनीतिमा नेताहरूलाई नलाग्न उनको सुझाब छ ।

नेपाली काङ्ग्रेसका अगुवा जगदीश वलीले काङ्ग्रेस अहिले आइसियुबाट भेन्टिलेटरमा गएको बताए । अधिवेशन समयमा नगरेर काङ्ग्रेसले गल्ती गरेको भन्दै भेन्टीलेटरमा मर्नु न बाँच्नु भएको उनको तर्क थियो । नेपाल विद्यार्थी सङ्घका सुनसरी उपसभापति सवेक्षु देवानले एकले अर्कालाई दोषारोपण गरेर जानुभन्दा अहिलेको अवस्थामा काङ्ग्रेसले गम्भीर भएर निर्णय गर्नुपर्ने बताए ।

काङ्ग्रेस सुनसरीकी जिल्ला सदस्य रूपा कार्कीले पार्टीभित्र व्यक्तिहरू बलियो हुने होडवाजी मात्र लागेर सङ्ठगन सुध्रनको सट्टा बिग्रदै गएको बताइन् । यता कार्यकर्ताहरूको प्रश्नमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले पार्टीमा गुटबन्दी नगरेको बताएका थिए ।