प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि नेकपा ओली पक्षका नेता कार्यकर्तामा अब के होला भन्ने तीव्र उत्सुक्ताका बीच धरानमा ओली पक्षले अन्तर्कृया गरेको छ ।
20210224_154308अनौपचारिक रुपमा विभाजित भएर गाउँगाउँमा सङ्गठन विस्तार र कमिटी निर्माणलाई तीव्रता दिएको नेकपा ओलीको धरान नगर कमिटीले नेता कार्यकर्तामाझ केन्द्रीय नेतृत्वलाई खुल्ला फ्लोरमा उतारेको छ ।
20210224_154431
धरानमा रहेका नेकपा ओली पक्षका केन्द्रीय नेतृत्वहरु मुरारी सुवेदी, विजय राई, मोति सुनुवारले जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताको जवाफ दिदैछ्न ।
अन्तर्कृयामा स्थानीय मजदुर नेता शिव तामाङ्ले अन्तर्कृयामा बोल्दै राजनीतिक परिघटनाले नआत्तिएको बताए । उनले कार्यकर्ताको मनोबल स्थिर रहे पनि नेतृत्वहरु दृढ हुनु पर्ने सुझाव दिए । मजदुर नेता तामाङले प्रधानमन्त्रीको नेतृत्वमा कार्यकर्ताहरु भए पनि नेताहरु नभएको आशंका व्यक्त गरे ।
20210224_161659धरानकी महिला नेतृ लहरु जिमीले आफुहरु ठीक ठाउँमा रहेकाले आत्तिने अवस्था नरहेको बताइन । "हामी ठिक ठाउमा छौ सरकारका हरेक कदमलाई सहयोग गर्ने भनेर आन्दोलनमा होमिएका हौँ । "
नेतृ जिमीले अन्यायपूर्ण रुपमा प्रधान मन्त्री हटाउने चलखेल भए प्रेसर कृयट गर्न कार्यकर्ता तयार रहेको नेतृत्वलाई प्रष्ट पारिन । उनले भनिन्, "हामी तीव्र प्रतिस्पर्धामा होमिन्छौ पछि हट्दैनौ केन्द्रीय नेताले दृढ्ताका साथ उभिन पर्यो ।"
20210224_154247
अन्तर्कृयामा बोल्दै धरान उपमहानगरपालिकाकी उप प्रमुख मन्जु भण्डारी सुवेदीले ओली सरकारले भूमिहीनलाई जग्गा दिने सम्वैधानिक आधार निर्माण गरी ऐनमा टेकेर लालपूर्जा वितरण गर्ने बताइन् । 20210224_163110
उपप्रमुख भण्डारीले कानूनी लडाई एक ढङले टुङ्गिएर गणितको खेल शुरु भएको बताइन । अन्तर्कृयामा बोल्दै उनले सर्वोच्चले सम्विधानको सर्वोच्चता कायम गरेकाले यसलाइ स्विकार गर्ने बताइन ।20210224_163814