मधु्मल्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा अब कांग्रेस र कम्युनिष्ट पार्टीको बिकल्प राप्रपा भएको बताएका छन । 

आइतबार मोरङको मिक्लाजुङ गाउँपालिका स्थित मधुमल्लामा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन ।

‘प्रजातन्त्रको निम्ती अब कहिले लडनु पर्ने छैन’ भन्ने झुटा सपना देखाएर बिदेशीको इसारामा राजसंस्थालाई पाखा लगाएका दरुहरुबाट नै अहिले राष्ट्रका लागि खतरा उत्पन्न् भएको थापाले बताए । नेपालमा ठुला भनिएका राजनैतिक दलहरु जनताप्रति उत्तरदायि नभएका कारण आजको बिकराल अवस्था अएको थापाको भनाई छ । कांग्रेस र नेकपा दुबैले जनताको भावना अनुसार काम  गर्न नसकेकाले अब जनताको पार्टी राप्रपा बन्नु पर्ने थापाले बताए ।  कांग्रेस र कम्युनिष्टको नीति कार्यक्रम एउटै भएकाले कांग्रेस र कम्युनिष्ट उस्तै उस्तै पार्टी भएको थापाको भनाई छ । 

धर्म निरपेक्षताको आडमा नेपालको सनातन धर्म हिन्दु, बुद्ध र किराँतमाथी आक्रमण भएको थापाले बताए । लाखौं मानिसहरुलाई धर्म परिवर्तन गराएर देशलाई धार्मीक युद्ध तर्फ धकेल्ने प्रयास भइरहेको थापाको भनाइ छ । देशकालागी धर्म निरपेक्षता, संघियता र गणतन्त्र अफाप सिद्ध भइसकेकाले राजसंस्था सहितको प्रजातन्त्र आजको आवश्यकता भएको थापाको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको पुस ५को कदम नेपालको संविधान अनुसार असंबैधानीक भएको तर त्यसको फैसला सडकबाट नभई अदालतबाट हुने थापाले बताए । राप्रपाले अदालतको निर्णयलाई स्विकार गर्ने उनको भनाई छ । 

कार्यकर्ता भेटघाट कार्यक्रममा राप्रपका  गाउँ, नगर र केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा राप्रपा मिक्लाजुङ गाउँकमिटि अध्यक्ष तारनाथ मगर (कैलाश)को सभापतित्वमा सम्पन्न भएको थियो ।