सत्तारुढ नेकपाको ओली समूहका सांसद उपस्थित नहुँदा प्रदेश १ प्रदेश सभाको बैठक सुरु हुन ढिला भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । 

संसद् सचिवालयले मुख्यमन्त्री शेरधन राईविरुद्ध १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय गरेको छ । सत्तारुढ दलका सांसद उपस्थित नभए बैठक बस्ने–नबस्नेबारे सचिवालयले निर्णय गरिसकेको छैन । 

यसअघि मुख्यमन्त्री राईपक्षीय सांसदले अवरोध गरेका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । 

यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए ।