प्रदेश सभा १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । 

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले नेपालको संविधान धारा १८८ (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने जानकारी दिएका छन् । 

प्रदेश १ को सातौं हिउँदे अधिवेशनको तेस्रो बैठकको दैनिक कार्यसूची अनुसार फागुन ९ गते आइतबार आज दिउँसो २ बजे अविश्वासको प्रस्ताव पेश हुने सूचना टाँस गरिएको छ ।     

abiswas pes hune