ब्लाष्टखबर । प्रभु बैंक धरान १० के रन, नवौ नेवा च्यारेटी २०७७ को पुरूष तर्फ नेपाली सेनाका गजेन्द्र राई र महिला तर्फ सशस्त्र प्रहरीका सन्तोषी श्रेष्ठ विजयी भएका छन् ।


धरानको पुतलीलाईबाट सुरु भएको प्रतियाेगितामा  पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राईले २५.२१ मनिेटमा दश किलाेमिटरको दुरी पार गरी प्रथम भएका थिए ।  नेपाली सेनाकै टङ्क बहादुर कार्कीले उक्त दुरी ३३.५४ मिनेटमा पारी पार गरी दोस्रो भएका थएि भने ३४ मिनेटमा दुरी पार गरी दिपेन्द्र दनुवार तेस्रो स्थान हासिल गरेका थिए।


त्यस्तै महिला तर्फ सशस्त्र प्रहरीका सन्तोषी श्रेष्ठले ३८.१० मिनेटमा दश किलाेमिटरको दुरी पार गरी प्रथम बन्न सफल भएकी थिइन् भने उक्त दश किलाेमिटरको दुरी पार गर्न  भोजपुरका छविमाया राईले ४२.७ र  जुम्लाकी वन्दना बुढाले ४३.४८ मिनेट समय लगाएर क्रमस  दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।


विजेताहरूमा  प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।