ब्लाष्टखबर । नेलकै सबैभन्दा धेरै धावक सहभागी हुने धरान रनमा काेराेना महामारी कारण यसपटक डेढ सयको हाराहारीमा मात्र धावकधाविकाहरु दौडमा सहभागी छन् ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलम राई समेत दौडमा सहभागी भए प्रभु बैंक धरान १० के रन, नवौ नेवा च्यारेटी २०७७ मा  यसपटक धरानमा ४ हप्ता ट्रायल रन गराइ  पुरुषतर्फ ४० मिनेट र महिलातर्फ ५० मिनेटमा १० किलोमिटर दुरी पार गर्नेहरुलाई मात्र सहभागी गराइएको आयोजक संस्थाले जनाएको छ ।

दोस्रो शिखर के टु मा हिउँदमा आरोहण गर्ने नेपालका आरोहीहरु, चर्चित गायक राजु लामा र पुर्वमिस नेपाल मलिना जोशी समेत सहभागी भएकाे धरान रनमा महिला र पुरुष दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावक धाविकाहरुले क्रमशः ट्रफी, मेडलसहित नगद ५० हजार, ३० हजार र २० हजार पाउनेछन् । चौथो र पाँचौं हुनेलाई पनि सान्त्वना पुरस्कार दिइनेछ ।