वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले ‘जुन मुद्दामा राष्ट्र विभाजित भएको छ त्यो मुद्दा लिएर जनतामा जाने निर्णय नै उत्तम हो ।’ भनेका छन् । 

वरिष्ठ अधिवक्ता मैनालीले संविधानको धारा ७६ ले प्रतिनिधिसभा विघटनको अधिकार दिएको जिकिर गरे । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइको क्रममा एमिकस क्युरीको तर्फबाट सुझाव दिँदै मैनालीले राष्ट्र विभाजित भएको मुद्दामा जनतामा जाने निर्णय नै उत्तम भएको दाबी गरे । 

‘पार्टीभित्रको विवाद भएपनि त्यो विवादले औपचारिकता पाएन । एकचोटी दलको नेता भइसकेपछि बारम्बार दलको नेता चुनिनु पर्दछ । दलभित्र विवाद थियो भने औपचारिक रूपमा आउनुपथ्र्यो । संसदीय दलको नेता परिवर्तन भएको छैन । अविश्वास प्रस्ताव पनि आएको छैन । जुन मुद्दामा राष्ट्र विभाजित भएको छ त्यो मुद्दा लिएर जनतामा जाने निर्णय नै उत्तम हो ।’ वरिष्ठ अधिवक्ता मैनालीले न्यायाधीश अनिलकुमार सिन्हाको प्रश्नको उत्तर दिंदै भने । 

‘नेकपा विवादको सिकार प्रतिनिधिसभा किन हुने ? जनताले किन सास्ती बेहोर्नुपर्ने ?’ न्यायाधीश सिन्हाको प्रश्नमा मैनालीको जवाफ थियो ।