ब्लाष्टखबर । नेपालमा पछिल्लाे २४  घण्टामा १११ जना काेराेना संक्रमित संक्रमण मुक्त भएका छन् । याे संगै  नेपालमा काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या २ लाख ६९ हजार ५०५ जना पुगेका छन् । 

देशभर  ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा आज ९६ जना नयाँ संक्रमित फेला परेका छन् भने, ३ जना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, हालसम्म नेपालमा २ लाख ७३ हजार १६६ जनामा काेराेना संक्रमण पुष्ट भइसकेकाे छ  ।  यस्तै, देशभर हालसम्म २ हजार ५८ जना काेराेन संक्रमितकाे मृत्यु भएकाे छ । 

 हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा १ हजार ६०३ जना रहेका छन् ।