विजयपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओली समुहको नेकपा अपराधी भर्ती गर्ने गुट भएको आरोप लगाएका छन् ।
उनले धरानमा सोमबार आयोजीत विरोधसभामा बोल्दै त्यस्तो आरोप लगाएका हुन् । एक महिनामा दशजना अपराधीलाई भर्ती गरेकाले अपराधी भर्ती गर्ने गुट भएको उनले दाबी गरे । ‘अपराधीलाई भर्ती गरेपछि अपराधी भर्ती गर्ने गुट नभए के हो ?’ उनले प्रतिप्रश्न गरे । उनले साइवर सेना लगाएर जनतालाई धम्काएको पनि आरोप लगाए । राष्ट्रपति बिद्या भण्डारी जनताको नभई नेकपाको पनि एउटा गुटको राष्ट्रपति भएको उनको आरोप थियो ।
नेपाली काङ्ग्रेसको केन्द्रिय निर्देशन अनुरुप असंवैधानिक कदम विरुद्ध धरानमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले संसद् पुनस्थापनाको विकल्प नभएको बताए ।
संविधानको कुनै पनि धारा, उपधारामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएकाले संसद पुनस्र्थापना गर्नुको विकल्प नभएको बताएका छन् । उनले केपी ओलीले संविधानको कुनै पनि धारा, उपधारा नटेकी संसद विघटन गरेकाले असंवैधानिक भएको बताए । उनले ओलीले सर्वोच्च अदालतलाई दबावमा राखेको दाबी गर्दै आपूm अदालतलाई दवाब नदिने र आग्रह पनि नगर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधिसले संविधानलाई हेरेर व्याख्या गरेमा संसद पुनस्र्थापना हुन्छ ।’
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले नेपाली जनताको काङ्ग्रेसले निर्णायक आन्दोलन गरेन भनेर गुनासो आएको बताए । उनले अहिले नेपालमा संवैधानिक र राजनीतिक सङ्कट भएकाले निर्णायक आन्दोलन गर्न बाँकी रहेको बताए । उनले भने, ‘औपचारिक आन्दोलन मात्र हो, निणायक आन्दोलन भएको छैन् ।’ राष्ट्रिय सङ्कट आउने सम्भावना भएमा निर्णायक आन्दोलन गर्ने उनले बताए । उनले एमाले र माओबादी केन्द्र काङ्ग्रेसको बहुमत आउने र ठुलो ्पार्टी आफु हुन नसक्ने भएर हराउनका लागि मात्र एकता गरेको बताए । उनले भने, ‘एमाले र माओबादी मिल्नु भनेको कोदो र तोरी मिसाए जस्तै हो ।’
उनले संविधानपनि काङ्ग्रेसको नेतृत्वमा बनेकाले रक्षा गर्ने कर्तव्य पनि काङ्ग्रेसको भएको बताए । उनले नेकपाका दूई वटै गुट पराजित हुने डरले निर्वाचनको पक्षमा नरहेको दाबी गरे । उनले भने, ‘तत्काल निर्वाचन भए ओली हार्छन्, प्रचण्ड पनि हार्छन् ।’ त्यसैले निर्वाचनको पक्षमा छैनन् । उनले राष्ट्रिय संकट आउन सक्ने बताए । उनले भने, ‘राष्ट्रिय सङ्कटको बेला काङ्ग्रेस फिल्मको नायकजस्तो आउछ ।’ काङ्ग्रेसका केन्द्रिय सदस्य नरेन्द्र चौधरीले नेकपा दोशीनभई नेपाली जनता दोषी भएको जिकिर गरे ।
केन्द्रिय सदस्य कल्पना गच्छदारले केपी ओलीले विजय गच्छदारलाई आफ्नो पार्टीमा आउन आग्रह गर्दा नमानी काङ्ग्रेसमा आएकाले झुटो मुद्दा लगाएर फसाएको दावी गरिन् । उनले राष्ट्रपति भण्डारीलाई जनताको राष्ट्रपति नभई ओलीको राष्ट्रपति भएको दावी गरिन् । उनले ओली सरकारले भगिरथी भट्ट, निर्मला पन्त लगायतका बलात्कारी तथा हत्यारालाई संरक्षण गरेको दावी गरिन् । नेपाली काङ्ग्रेस जिल्ला सभापति राजिव कोइरालाले नेपालका ७७ वटै जिल्लामा विरोधसभा गरेको जानकारी दिए । विरोधसभा अघि धरान–१२ पब्लिक हाईस्कुलबाट निस्किएको ¥याली छाताचोक, भानुचोक माछाभौडी हुँदै सिंहदेवीचोकमा पुगेको थियो ।