धरान । किरात खम्बुवान साझा पार्टीले झापा, मेचीनगरमा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ ।
पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष भूपी कोयीले वर्तमान विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रशिक्षण दिएको बताए । पार्टीका सचिवालय सदस्य ललित बुताङ राईको संयोजकनमा भएको प्रशिक्षणमा स्थानीय बुद्धिजीवि तथा युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद नेपाल, प्रेमकुमार चाम्लिङ, केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष हेमप्रसाद राई, शेरबहादुर विक लगायत सहभागी थिए ।
कार्यक्रममा पार्टीमा प्रवेश गराउनेहरुलाई स्वागत समेत गरिएको अध्यक्ष कोयीले जानकारी दिए ।