धरान/धरान–१० मा गठित वडास्तरीय नेवाः देय दबूको समितिमा मनोज श्रेष्ठ अध्यक्ष बनेका छन् । 

शुक्रबार सम्पन्न वडा भेलाले समितिको उपाध्यक्षमा भावना कर्माचार्य, सचिवमा मिलन श्रेष्ठ, सहसचिवमा विमल श्रेष्ठ र कोषाध्यक्षमा गीता तुलाधर चयन भए । यसै गरी समितिको सदस्यहरूमा नवराज शाक्य, महेश श्रेष्ठ, सङ्गीता शाक्य, उज्जन ताम्राकार, रितेश श्रेष्ठ, नरेश श्रेष्ठ, गोमादेवी प्रधान छन् ।

दबूकी केन्द्रीय सदस्य लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दबू केन्द्रीय सदस्य अनिल मास्के, नेवाः ल्याम्ह दबूका केन्द्रिय उपाध्यक्ष समिर आचार्जु, १ नं प्रदेश सल्लाहकार राजीव हल्वाईलगायतको उपस्थिति समिति गठन गरिएको दबू नगरका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । नव गठित कार्य समितिलाई दबूका केन्द्रीय सदस्य अनिल मास्केले सपथ ग्रहण गराए ।