ब्लाष्टखबर । जनता समाजवादी पार्टी(जसपा) का स्थाइ समिति सदस्य इस्लाम हवारी नेवाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे ओली समूहमा प्रवेश गरेका छन्।
जसपाका युवा इन्चार्ज समेत रहेका हवारीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्।
स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिएका छन्।
































